तीन प्रदेशमा वर्षाको सम्भावना

अमेरिकामा के गर्दैछन् प्रधान सेनापति शर्मा ?

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गर्नुभएको छ । 

सोही क्रममा उहाँले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी। इलिसनसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गर्नुभएको थियो। उहाँले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिनुभएको थियो । 
प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुग्नुभएको हो । उहाँ लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका जानुभएको हो । प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : २३ बजे