देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अबको ३ बर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा झाछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी अबको ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताउनुभएको छ ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले तीनबर्षमा बर्षमा याङ्ग्री र लार्केको पानी ल्याएरै छोडने उहाँले बताउनुभयो ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो छैन उहाँले भन्नुभयो, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’ प्रधानमन्त्रीले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले विकासका अनेक कदमलाई गतिका साथ अगाडि बढाईरहेको बताउनुभयो, उहाँले भन्नुभयो थुप्रै कामहरु सम्पन्न भएका छन् । रानिपोखरी  बन्यो, स्वास्थ्य चौकी, विद्यालयका कुरा धार्मिक ऐतिहासिक महत्वका कुरा ,पुनरनिमार्णका  कुराले सफलता पुर्वक सम्पन्न  भएका छन् । 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ३ : ४६ बजे