दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

 वर्षा बाधक भएपछि नेपालको एसिया कप क्रिकेटमा छनोट हुने सपनासमेत समाप्त भएको थियो । सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो । 
जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य बनेको थियो ।  नेपालले समूह चरणको खेलमा भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १ : ३६ बजे