मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

माधव नेपाललाई एमाले सचिव भट्टराई भन्नुभयो, ‘कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, !’

काठमाडौँ । नेकपा एमालेका  सचिव  योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिनुभएको छ ।

तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरी आउनुभएका नेता भट्टराईलगायत समूहलाई केही दिनअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले  ‘दास’को संज्ञा दिनुभएपछि एमाले सचिव भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामना दिनुभएको हो ।

उहाँले पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्रामार्फत जाने क्रममा  ‘कमरेड माधव नेपाल र म’ शीर्षकमा दुई जना बिचको सबन्धका बारेमा पनि उल्लेख गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,

कमरेड माधव नेपाल र म !
​​​​​​​कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र अशिष्ट टिप्पणी गर्नुभयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी  गरेनौँ । अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नुभयो । अनि मैले उहाँ कै हित हुने गरी जीवनोपयोगी जवाफ फर्काए । समाजवादीका युवाहरूको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईँहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुने गरी म भन्न चाहन्छु – 'कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !'

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा:

  • १.पञ्चायत कालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यति बेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  
  • २. उहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन् र यो जारी रहने छ ।  
  • ३.नेकपा एमालेको पाँचौँ महाधिवेशन( २०४९ )मा उहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी सुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौँ । 
  • ४. छैटौँ महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन । 
  • ५.सातौँ महाधिवेशनबाट उहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।  
  • ६.आठौँ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौँ ।  
  • ७. नवौँ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौँ । जित्नु भएन ।  
  • ८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  
  • ९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिन। त्यसमा मलाई पछुतो छैन ।  
  • १०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।  
  • ११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषय वस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाललगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।  

पुनश्च: कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु  मेरो मनसाय होइन ।  

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : २२ बजे