दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

गायिका सुनार मृत्यु प्रकरण : नालीमा फेला पर्‍यो सल

काठमाडौं । आफ्नै डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको सल नालीमा फेला परेको छ। काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी सुनारकाे सल महाराजगञ्ज सडककाे नालीमा फेला परेकाे हाे ।

दिलमाया सुनारकाे मृतुबारे अनुसन्धान गरिरहेको प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो। 

साेहीक्रममा श्रेष्ठले सुनारको सल आफूले महाराजगञ्जमा नालीमा फालेको प्रहरीसँग बताएका थिए। श्रेष्ठको बयान अनुसार महाराजगञ्जको इन्भेष्टमेन्ट नजिकको नालीमा सुनारले ओढ्ने गरेको सल फेला परेको प्रहरी स्रोतले जानकारी दियो। तर, श्रेष्ठले आफूले हत्या नगरेको बताउँदै आएका छन्। 

श्रेष्ठले दबाब दिएपछि सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

मृत सुनारको कोठामा मोबाइलसमेत फेला परेको थिएन। अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृत भेटिँदा पनि मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण छ।

प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका थिए। सुर्खेत घर भएकी दिलमाया नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। 

एक छोराकी आमा दिलमाया पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएकी थिइन्। चार छोराछोरीका बाबु सूर्य उनको कोठामा नियमित गइरहन्थे।

शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत भेटिएकी थिइन्। हालै राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन्।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : २४ बजे