तीन प्रदेशमा वर्षाको सम्भावना

पहिराेका कारण पृथ्वीराजमार्ग पुनः अवरुद्ध

मुग्लिन । पृथ्वी राजमार्ग पुनः अवरुद्ध  भएको छ । पहिरो हटाई दुईतर्फी  सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा  पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।

सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको  इलाका  प्रहरी  कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।  

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ०८ बजे