नयाँ दिल्ली । भारत सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय यात्रालाई सजिलो बनाउँन सरकारले यसै वर्षको अन्त्यसम्ममा ई–पासपोर्ट जारी गर्न लागेको हो । शुक्रबार पासपोर्ट सेवा दिवसको अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले यस्तो जानकारी दिनुभएको हो ।
विदेशमन्त्री जयशंकरले नागरिक अनुभव र सार्वजनिक वितरण सुधार गर्न सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नूभएको थियो ।
सरकारले कोभिड संक्रमणको समयमा पनि पासपोर्ट सेवा उत्तिकै जोस र जागरका साथ उपलब्ध गराइएको उहाँले बताउनुभयो । नागरिकका लागि राहदानी नियम र प्रक्रियालाई सरल बनाउन सरकार सफल भएको उहाँले दाबी गर्नुभयो ।
प्रकाशित मिति : १२ असार २०७९, आइतबार १२ : ३८ बजे
प्रतिक्रिया