मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

स्थानीय तहको चुनावको परिणामले एमालेलाई चुनावको सामना गर्ने सामर्थ्य बढाएको छ : महासचिव पोखरेल

काठमाडौँ ।  नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनको नतिजाले एमालेलाई चुनाव जित्न सहज हुने भएको बताउनुभएको छ ।  

आज नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भने स्थानीय तहको निर्वाचनको मत परिणामले एमालेलाई चुनाव जित्न सहज हुने बताउनुभएको हो । 

स्थानीय चुनावको परिणामले एमालेलाई चुनावको सामना गर्ने सामर्थ्य बढेको देखियो। अब केही प्रतिशत मत वृद्धि गर्ने हो भने स्वाभाविक रूपमा चुनाव सजिलै जित्न सक्ने आधार तयार भइसकेको छ। चुनावबारे चिन्ता गर्नुपर्ने छैन। जति ठुलो गठबन्धन त्यति धेरै सामर्थ्य हुन्छ।’ उहाँले भन्नुभयो । 

उहाँले सरकारमा पुग्नु मात्र सबै कुरा नभएको र देश बनाउनु ठुलो कुरा रहेको बताउनुभयो । ‘सरकारमा पुग्नलाई अहिले पनि गठबन्धनका अवसरवादी स्वार्थीहरूसँग सौदा बाजी गर्ने हो भने सरकारमा पुग्न सकिन्छ । तर, देश बन्छ की बन्दैन ? पछाडि पारिएका समुदायहरू माथि उठ्छन् कि उठ्दैनन् ? ’उहाँले भन्नुभयो । 

उहाँले एमालेले गठबन्धनबाट देश नबन्ने निष्कर्ष निकालेको बताउनुभयो । ‘हामीले के निष्कर्ष निकालेका छौँ भने गठबन्धनका माध्यमबाट देश बन्न सक्दैन,’ उहाँले भन्नुभयो।

 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ५ : २१ बजे