पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्याे

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिवार बसेको मन्त्रीपरिषद् बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्यात गरेको हो । 

मूल्य घटाइएको बारे उद्योग तथा आपूर्ति मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपुर्तिमन्त्री दिलेन्द्र बडूले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताउनुभयो । उहाँले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए । अब पेट्रोल एक लिटरको १७९ र डिजेल १६३ रुपैयाँ पुगेको छ। 

नेपाल आयल निगमले ६ दिनअघि आइतबार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। सो समयमा निगमले एकैचोटी पेट्रोलमा २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँले बढाएको थियो। मूल्य वृद्धिको चर्को विरोध भइरहेको थियो।

चर्काे बिराेधसँगै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : २० बजे