मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रचण्डकै कारण पार्टी फुटेकोे बामदेवको आरोप :‘पार्टी जोगाउन प्रधानमन्त्री छोड्नपनि तयार थिए ओली’

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता जोगाउन अन्तिम समयसम्म तयार रहेको खुलासा गर्नुभएको छ । उहाँले त्यतिखेर अध्यक्ष ओलीलाई दुई मध्ये एक पद छोड्न दबाब दिइएको बताउँदै त्यो बेलामा अध्यक्ष ओलीलै प्रधानमन्त्रीको पद त्याग्न तयार हुनुभएको खुलासा गर्नुभएको हो । 

शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै गौतमले त्यतिखेर ओली प्रधानमन्त्री पद छाड्न तयार हुँदासमेत प्रचण्डको कारण पार्टी विभाजनमा पुगेको बताउनुभयो । ‘अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गर्र्नुभयो तर प्रचण्ड ओलीलाई लगाएको संगीन आरोप फिर्ता लिन तयार हुनुभएन जसकारण पार्टी विभाजन भयो  ।’गौतमले भन्नुभयो। उहाँले थप्नुभयो, ‘सायद त्यतिबेला प्रचण्डले त्यो आरोपपत्र फिर्ता लिएँ भन्नुभएको भए पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने आज पनि मलाई लाग्छ।’

पार्टी एकता जोगाउने अन्तिम प्रयास स्वरुप भएको अन्तिम बैठकमा आफुसमेत संलग्न भएको भन्दै उहाँले उक्त बैठकमा अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भनेर भनेर भने पनि प्रचण्ड संगीन आरोप फिर्ता लिन तयारै नभएको  बताउनुभयो । गौतमले पार्टी विभाजनमा आफ्नो भूमिका पनि भएको भन्दै आफु आत्मआलोचित हुन चाहेको बताउनुभयो । 

तत्कालिन नेकपाका ९ जना पोलिटब्युरोमध्ये कसैले पनि विभाजन रोक्न चाहेको भए त्यतिखेर संभव भएपनि कसैले त्यस्तो ईछ्या र पहलकदमी नदिंदा नेकपा विभाजन भएको उहाँले बताउनुभयो । 

गौतमले अझै पनि नेपालमा कम्युनिस्ट पार्टीहरूको एकता सम्भव रहेको बताउनुभयो । गौतमले नेकपा विभाजन गराउनमा प्रचण्डको मुख्य हात रहेको भन्दै आफ्नै अध्यक्षको विरुद्घ अविश्वास प्रस्ताव ल्याउने काम विश्वका अन्यत्र कुनैपनि देशमा नभएको बताउनुभयो । 

उहाँले फेरी एमाले माओवादी र नेकपा एकीकृत समाजवादी एक हुनु पर्ने धारणा राख्नुभयो । गौतमले एसपीपीमार्फत नेपाल आएर स्वतन्त्र तिब्बतका लागि काम गर्ने अमेरिकी सेनाको योजना  रहेको बताउनुभयो । गौतमले ‘एसपीपी रद्द गर्न कम्युष्टिहरुको दवावले मात्र सम्भव बनाएको बताउनुभयो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : १३ बजे