पोखरा । अविरल वर्षासँगै पोखराका ठाउँ ठाउँमा पहिरो र बाढीले बस्ती डुबानमा परेको छ ।
शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढ सय घर डुबेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो । बस्तीसँगै व्यावसायिक फार्महरूमा पूर्ण क्षति भएको उहाँको भनाई छ ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोला खेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ११ असार २०७९, शनिबार १० : ४७ बजे
प्रतिक्रिया