धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तत गरिएको छ ।
शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले एक अर्ब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक वर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरेको छ ।
प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ४ : १२ बजे
प्रतिक्रिया