झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीको गौरादहस्थित घर अगाडी शङ्कास्पद बस्तु फेला परेको छ ।
कार्कीको घरको गेट अगाडी कुकरमा तार जोडेर छोडिएको छ । स्थानीयवासीले कुकर बम भने पनि बम हो कि होइन भन्ने कुराको पुष्टि भई नसकेको कार्कीले बताउनुभयो ।बिहान साढे ५ बजेतिर उक्त बस्तु देखिएको उहाँले बताउनुभयो ।
उहाँले शङ्कास्पद बस्तु के हो भनेर पहिचान गर्न र निस्तेज पार्नका लागि नेपाली सेनाको टोली आउँदै गरेको पनि जानकारी दिनुभयो ।
कार्कीका दाजु दीपक कार्की एमाले झापाका अध्यक्ष हुनुहुन्छ । उहाँहरू एउटै घरमा बस्नुहुन्छ ।
प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ८ : २४ बजे
प्रतिक्रिया