तीन प्रदेशमा वर्षाको सम्भावना

वर्षासँगै पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

मुग्लिन ।   वर्षासँगै पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रूपमा खुलेको छ ।

बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  

पहिरो खसेपछि गाडी एकतर्फी रूपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक जुनसित तामाङले जानकारी दिनुभयो ।  

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ०२ बजे