काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।
जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ ।
प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ७ : ४१ बजे
प्रतिक्रिया