काठमाडौं । स्थानीय तह निर्वाचनमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित शेख जमालुद्दिन नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर वडाध्यक्ष जमालुद्दिनले पार्टी प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा एमाले नेता प्रभु साह, मधेश प्रदेश कमिटी उपसचिव आरती भण्डारीलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
जमालुद्दिन ६२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुँदा नेकपा एसका आलम बक्सिसले ५६८ मत पाएका थिए ।
प्रकाशित मिति : ९ असार २०७९, बिहिबार ३ : ३४ बजे
प्रतिक्रिया