सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । सेयर बजारमा आज दोहोरो अङ्कको गिरावट आएको छ ।

मंगलबार ३७ अङ्कले उकालो लागेको सेयर बजारमा आज ३१ अङ्कको गिरावट आउनुका साथै कारोबार रकम पनि एक अर्ब भन्दा तल आएको हो । 

सेयरबजारमा सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा बढी निर्जीवन बीमा समूहमा १ सय ५५ अंकले घटेको थियो । यसैगरी जीवन बीमा १ सय ३२ अंकले घटेको थियो ।

सबै समूहमा दोहोरो अंकको गिरावट आउँदा १ सय ७३ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य बढेको छ र दुई कम्पनीको मूल्य स्थीर रहेको छ ।

बुधबार २ सय २९ कम्पनीको ३० लाखभन्दा बढी कित्ता शेयरको कारोबार भएको छ भने कुल रकम ८४ करोड बराबरको खरीदबिक्री भएको एक्सचेञ्जले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ५६ बजे