न्यायाधीशले करोडौं घुस मागेको अडियो सार्वजनिक, न्यायपरिषदको आकस्मिक बैठक साढे १ बजे

काठमाडौं – काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौं घुस मागेको अडियो सार्वजनिक भएसँगै न्यायपरिषदको बैठक बस्दैछ ।

न्युज २४ टेलिभिजनले नेपाल बार एसोसियसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियो संवाद सार्वजनिक गरेको थियो ।

संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गरिएको छ । त्यसमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ ।

यसै विषयमा छलफल गर्न न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ०३ बजे