काबुल । अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ ।
अफगानिस्तान र पाकिस्तानका केही भागमा आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।
दक्षिण पूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।
भूकम्प इस्लामवाद र देशका अन्य भागमा महसुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरू चिच्याउँदै घरबाहिर निस्केका थिए । तर, क्षतिको विवरण सार्वजनिक भएको छैन ।
भूकम्प भारतका केही भूभागमा महसुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ ।एजेन्सी
प्रकाशित मिति : ८ असार २०७९, बुधबार ७ : २६ बजे
प्रतिक्रिया