यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

भारतमा थप ९ हजार ९२३ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली । सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा  भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना सङ्क्रमित भएका र  १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो एक दिनमा सात हजार २९३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्  । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख १५ हजार १९३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६१ प्रतिशत रहेको छ । 

यसमध्ये ७९ हजार ३१३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१८ प्रतिशत हो । कोरोना महामारीबाट आइतबार भारतमा १७ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८६० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ३२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । ८५ करोड ८४ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । 
 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ३१ बजे