दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गर्नुभएको छ । सोमबार भएको एन्फाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका शेर्पा पंकजविक्रम नेम्वाङसँग ६ मतले पराजित हुनुभएको थियो । 

शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेले एन्फाको भण्डार शाखा प्रमुख अच्युतराज घिमिरेलाई बा ८ च ६१७ नम्बरको टोयोटा फर्चुनर फिर्ता गर्नुभयो । 

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष शेर्पाले ३९ तथा अध्यक्ष नेम्वाङले ४५ मत पाउनुभएको थियो । 

अध्यक्षबाट पदमुक्त भएसँगै शेर्पाले मंगलबार बिहानै एन्फालाई आफूले प्रयोग गरिरहेको गाडी फिर्ता गर्नुभएको हो । 

चार वर्षअघि सहकार्य गर्दै एन्फा नेतृत्वमा आएका शेर्पा र नेम्बाङ यस पटक भने एकअर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका थिए । जसमा नेम्बाङ पक्षले बहुमत प्राप्त गरेको छ । 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ०६ बजे