स्टिल उद्योग धरासायीमा परेको भन्दै उद्योगीहरु आन्दोलित

काठमाडौँ – सरकारको विभेदकारी नीतिले स्टिल उद्योग धरासयमा परेकाे भन्दै भैरहवाका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

सरकारले सिमित उद्योगीहरुलाई मात्र पोस्ने गरि ल्याएको विभेदकारी अन्त शुल्क तथा भन्सार महसुल दर ल्याएको भन्दै यहाँका  उद्योगीहरु आन्दोलित भएका हुन् ।

सरकारको विभेदपूर्ण कर नीतिका कारण मारमा परेका स्टिल तथा वायर उद्योगीहरुले शान्तिपूर्ण विरोध गरेका छन्  ।

र्यालीमा उद्योगीहरुले जनताको करले सिमित उद्योगीहरुलाई पोस्न पाइदैन, कच्चा पदार्थमा लगाइएको अन्त शुल्क खारेज गर, आर्थिक सुशासन कायम गर, सिमित उद्योगीको दलाली बन्द गर लेखिएको प्ले कार्ड सहित आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ४९ बजे