सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं । सुनचाँदीको मूल्य म‌ंगलबार स्थिर छ । सोमबारकै मूल्यमा म‌ंगलबार सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार तोलामा २०० ले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । सोही मूल्यमा म‌ंगलबार कारोबार भइरहेको हो । तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेको छ ।

म‌ंगलबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । म‌ंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८३८ र चाँदी प्रतिऔंस २१।६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : १४ बजे