दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लठ्याएर युवतीलाई बलात्कार,१ लाख नगद र सुन पनि लुटियो

काठमाडौं- काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर काभ्रे घर भएका एकजना युवकले सुन र नगद लुटेका छन् । जेठ २९ मा बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीय युवतीलाई बलात्कार गरेका हुन् ।

ईमोमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर काभ्रे घर भएका एकजना युवकले सुन र नगद लुटेका छन् । जेठ २९ मा बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीय युवतीलाई बलात्कार गरेका हुन् ।

आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : ३४ बजे