यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता

किभ – युक्रेन युद्धबीच रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो । युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रुसबाट चीनको तेलको आयात ५५ प्रतिशतले बढेको छ ।  

मे महिनामा चीनले रुसबाट करिब ८ दशमलब ४२ मिलियन टन तेल आयात गरेको थियो । पश्चिमा देशले जस्तो बेइजिङले रुसी हमलाको निन्दा गरेको छैन् ।

यसै वर्षको फेब्रुवरीमा चीन र रुसले दुई देशबीचको मित्रताको कुनै सीमा नभएको जनाएका थिए ।

यसबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङले मस्कोको ‘सार्वभौमिकता र सुरक्षा’लाई समर्थन गर्ने आश्वासन दिएका थिए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । 

एजेन्सी

​​​​​​​

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : ४६ बजे