देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं– अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-८ ठेगाना भएका २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले सर्ट टर्म ४५७ भिषामा २/२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनि २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : ३२ बजे