दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौं । सौन्यर्य प्रतियोगताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । 

पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।  बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । 

८ वर्ष अघिको एक सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ०४ बजे