तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला पर्नुभएको हो ।  

मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उहाँको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो । उहाँको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ४१ बजे