तीन प्रदेशमा वर्षाको सम्भावना

बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सन्चालन

लमजुङ । शनिबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ । 

अवरुद्ध भएको बेँसीसहर नगरपालिका ६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर(बाझाखेत खुदी सडकको प्रयोग गरी सोमबार  बिहान ११ बजेदेखि सवारी आवतजावत भएको डुम्रे बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताउनुभयो  । 

वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीसहर चामे सडक अवरुद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ। प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउनुहुन्छ । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ४३ बजे