दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

‘छैटौँ निसान कप’ फुटसल प्रतियोगिताको उपाधि नेपालयलाई

काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ (निसान)ले आयोजना गरेको ‘छैटौँ निसान कप’ फुटसल प्रतियोगिताको उपाधि नेपालय इङ्लिस पब्लिक स्कुलले हात पारेको छ । आज भएको फाइनल खेलमा मनकामना माविलाई हराउँदै नेपालयले उपाधि हात पारेको हो । 

प्रतियोगितामा विट्स एकेडेमी तृतीय भएको छ भने लिटल बड्स मावि सान्त्वना बन्न पुगेको छ । 

त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि मनकामना माविका निशान्त लामाले पाएका छन् । उत्कृष्ट गोलरक्षकको उपाधि नेपालयका पृथ्वी खड्काले पाउँदा सर्वाधिक गोलकर्ता विट्स एकेडेमीमा सुजन बिक बने । सर्वाधिक गोलकर्ताको उपाधि विट्स एकेडेमीका सुजन विकले हात पारे । 

प्रतियोगिताको फेयर प्ले टिमको अवार्ड जिवनतारा एकेडेमीले जितेको छ । प्रथम द्वितीय र तृतीय हुने विद्यालय र खेलाडीलाई ट्रफी मेडल र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : ५८ बजे