रुपन्देही । बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ ।
बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताउनुभयो ।
प्रकाशित मिति : ६ असार २०७९, सोमबार १२ : ०९ बजे
प्रतिक्रिया