जनकपुरधाम । जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार र हातपात भएको छ ।
अतिक्रमण गरिएको जग्गा खाली गराउन चासो नदेखाएको भन्दै जनकपुरधाम–२३ बेलाका स्थानीयले साहमाथि जुत्ता प्रहार र हातपात गरेका हुन् । बेलामा भगवान कुटीलाई दिएको जग्गा पछिल्लो समय माफियाहरूले प्लटिङ गरेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ । साेही बारेमा ज्ञापनपत्र बुझाउन भन्दै आएका उनीहरूले उपमेयर साहलाई कुटपिट समेत गरेका छन् । उपमेयरमाथि एक महिलाले जुत्ता प्रहार गरिन् भने अन्य व्यक्तिहरूले कुटपिट गरेका हुन् । आक्रोशित समूहले घुस लिएर काेही नबोल्ने गरेको आरोप लगाए ।
उपमेयर साहमाथि आक्रमण गरिएपछि नगर प्रहरी र नेपाल प्रहरीले उनलाई जोगाएको छ ।
प्रकाशित मिति : ५ असार २०७९, आइतबार ४ : १५ बजे
प्रतिक्रिया