काठमाडौं । हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहनुभएका नासिर हुसेनले पुरुष २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।
नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट ००.९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो । नासिरले यसअघि दुई मिनेट ०१.६० सेकेन्डको कीर्तिमान भंग गर्नुभएको थियो ।
प्रतियोगितामा नेपालको तर्फबाट नासिरसँगै महिलामा डुवाना लामा सहभागी हुनुहुन्छ ।
प्रकाशित मिति : ५ असार २०७९, आइतबार ४ : १० बजे
प्रतिक्रिया