तीन प्रदेशमा वर्षाको सम्भावना

सांसद बस्नेतद्वारा रानीखोला पुल उद्घाटन

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पुरानो बसपार्कसँगै निर्माण सम्पन्न रानी खोला पुल आज उद्घाटन गरिएको छ । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज सो पुल उद्घाटन गर्नुभयो ।

उहाँले सूर्यविनायकको पाण्डु बजारदेखि गुण्डुसम्मको करिब छ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा रहेको भन्दै उक्त सडकमा हालसम्म रु ३३ करोड बजेटमा काम भइरहेको बताउनुभयो । सांसद बस्नेतले स्थानीय तहको निर्वाचन सकिएकाले स्थानीय तहको निर्वाचनमा कुनै तीक्तता रहेको भए त्यसलाई बिर्सेर सबै पार्टी र नेता मिलेर भक्तपुरको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले भक्तपुरको विकासले पाँच वर्षको अन्तरालमा निकै फड्को मारेको भन्दै नगरपालिकाले कुनै विभेद नगरी विकासको काम गर्ने बताउनुभयो । त्यसअवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापालगायतले विकासमा ऐक्यबद्धता जनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । यो पुल सञ्चालनमा आएसँगै पूर्वतर्फ गुण्डुबाट घ्याम्पेडाँडा, रानीकोट र पश्चिमतर्फ अनन्तलिङ्गेश्वर, दधिकोट, बिरुवा, सिरुटार जाने सहज हुने भएको छ ।
 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : १० बजे