डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

उपहार पाएको ‘सुनको लौरो’ राज्यलाई दिन्छु : दुर्गा प्रसाई

झापा । व्यवसायी दुर्गा प्रसाईले दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले उपहारको रुपमा दिनुभएको  ‘सुनको लौरो’ राज्यलाई दिने बताउनुभएको छ ।  

झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले दुबईका राजकुमारले दिएको लौरो सुनको भनेर चर्चा भइरहँदा त्यसबारे आफू अनभिज्ञ रहेको  बताउदै उपहार के काे हाे भनेर साेध्ने कुरा नभएकाे बताउनुभयाे ।   

‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि के को हो सोध्ने कुरो भएन’ पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु। एयरपोर्टमा लिएदेखि हेरेको पनि छैन’, उहाँले भन्नुभयो ।  

उहाँले अरु नेताहरु जस्तो आफू विदेशमा पैसा लुकाउँदै हिँड्ने मान्छे नभएको पनि बताउनुभयो । ‘अरु कसैले लौरो पाएको होइन बिजनेस पार्टनर पनि रहेका दुबईका राजकुमारले दिएको लौरो राज्यलाई दिन मलाई कुनै समस्या हुँदैन।’प्रसाईले भन्नुभयो । 
धेरैतिरबाट लौरो लौरो भनेर आइसकेपछि आफुले यस बारेमा गृहमन्त्रीसँग कुरा गरेर राज्यलाई चाहिन्छ भने दिन्छु भनेर भनेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ०९ बजे