तीन प्रदेशमा वर्षाको सम्भावना

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । 

मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ ।
 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ०६ बजे