डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

जसपा फुटाउन प्रचण्ड र बाबुरामको ‘ब्रेकफास्ट मिटिङ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच ‘ब्रेकफास्ट मिटिङ’ भएको छ ।  

उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा शनिबार भएको ‘ब्रेकफास्ट मिटिङ’ मुलत जनतासमाजवादी पार्टी विभजनमा केन्द्रीत भएको बताइन्छ । ‘दुई नेताबीचको बैठक जनता समाजवादी पार्टी कसरी ‘हाइज्याक’ गर्ने भन्ने विषयमै केन्द्रीत थियो’ स्रोतले भन्यो ।  

भेटमा प्रचण्डले बाबुरामसँथ उपेन्द्र यादवले जसपा फुटाएर नेकपा एमालेसँग गठबन्धन गर्न लागेको भन्ने चर्चा आएको भन्दै त्यस्तो अवस्थामा सरकार कसरी टिकाउने भनेर सल्लाह गरेको बताइन्छ । जवाफमा भट्टराइले,‘तपाईंले पनि जहिल्यै उपेन्द्रलाई नै बोक्नुहुन्छ, प्रधानमन्त्री देउवाले पनि उपेन्द्रलाई नै साथ दिने गर्नुभएको छ,’ भनेर गुनासो गर्नुभएको थियो ।  

जवाफमा प्रचण्डले पार्टी फुट्ने अवस्था नै आएको हो भने राजनीतिक दलसम्बन्धी ऐनको प्रतिस्थापन विधेयक ल्याउन आफुले देउवालाई आग्रह गर्ने र त्यसपछि पार्टी विभाजन गर्न सल्लाह दिनुभएको स्रोतले बतायो । 
 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ४३ बजे