तीन प्रदेशमा वर्षाको सम्भावना

सर्लाहीको छटीघाट पुलबाट भारतीय कार खस्यो ,एकको मृत्यु,७ घाइते

सर्लाही । सर्लाहीको धनकौन गाँउपालिका–५ स्थित छटीघाट पुलबाट गएराती कार तल खस्दा कारमा सवार १ बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते हुनुभएको छ ।  

सर्लाहीको छतौनाबाट रौटहटको वृन्दावन हरैया तर्फ जाँदै गरेको भारतीय नम्बरको कार गएराती एक बजे पुलबाट अन्दाजी १५ फिट तल खसेको थियो । 

दुर्घटनामा रौतहटको बृन्दावन नगरपालिका–४ का शुभलाल यादवका ४ बर्षीय छोरा गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते बन्नुभएका सबैलाई उपचारको लागी बरहथवा स्थित एडभान्स संजिवनी अस्पताल पठाइएको छ । 

घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना पछि फरार भएका कार चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ०७ बजे