तीन प्रदेशमा वर्षाको सम्भावना

डुम्रे–बेशीसहर सडक खण्डका दुई ठाउँमा पहिरो, आवागमनमा प्रभावित 

लमजुङ । डुम्रे–बेशीसहर सडक खण्ड अन्तर्गत आज दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । 

सडक खण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–८ बलि फाँटमा आज बिहान सडक भासिँदा सवारी आवागमन प्रभावित भएको हो । 

बिहानैबाट रोकिएको सवारी साधन पहिरो गएको आसपासमै रोकिएको प्रहरी चौकी पुर्कोटले जनाएको छ । 

यस्तै, डुम्रे–बेशीशहर सडक खण्ड अन्तर्गत लमजुङको बेशिसहर नगरपालिका–१ उदिपुरमा पनि आज बिहान झरेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ । 

बिहान साढे ५ बजे अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको अस्थायी प्रहरी पोस्ट उदिपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ०१ बजे