तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडक खण्ड अवरुद्ध भएको छ ।
खहरे खोलामा आएको बाढीले तीन वटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो ।
आइतबार बिहानको अविरल वर्षापछिको बाढीले ह्युमपाइपमा क्षति पुर्याएको थियो ।
साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठुला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ५ असार २०७९, आइतबार ९ : ५३ बजे
प्रतिक्रिया