डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनका नेता राईको निधन

काठमाडौँ । भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आउनुभएका डा. भम्पा राईको निधन भएको छ । 

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको आज बिहान ३ बजे निधन भएको हो ।  राईको शनिवार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि अस्पताल भर्ना गरिएको थियो ।

झापाको दमकमा बस्दै आउनुभएकाका ७५ वर्षीय राई पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।उहाँको हर्नियाको शल्यक्रिया पनि भएको थियो ।

उहाँ सन् १९९० पछिका वर्षहरूमा भुटानबाट लखेटिएका शरणार्थीहरूको स्वदेश फिर्ती समितिका अध्यक्ष पनि हुनुहुन्थ्यो।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : २९ बजे