तीन प्रदेशमा वर्षाको सम्भावना

खहरे खोलामा चिप्लिएर बसका सहचालक बेपत्ता 

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । 

इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान  चिप्लिएर बेपत्ता भएका हुन् ।  

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ ।

अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ । रासस

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : २० बजे