तीन प्रदेशमा वर्षाको सम्भावना

सुतेकै ठाउँमा मृत भेटिए वडाध्यक्ष मनबहादुर

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुत्नुभएका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला पर्नुभएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जित्नुभएको थियो । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो । 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : १२ बजे