तीन प्रदेशमा वर्षाको सम्भावना

भैरहवामा स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु

भैरहवा । मापदण्डमै नरही स्विमिङ पुल सञ्चालनपछि प्रशासनले भैरहवास्थित पौवा होटेलको स्विमिङ पुलको सेवा बन्द गरेको छ । 

शुक्रवार पौवा होटेलस्थित स्विमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय  सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाउँमा एक युवाको डुबेर मृत्यु भएको थियो । केही दिनकै फरक डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्विमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

स्थानीय तथा परिवारले शनिवार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराउनुभएको छ । होटेलबाट कुनै पनि प्रकारको सुरक्षा  र बचाउको काम नभएको भन्दै आक्रोशित  परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्विमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा  ल्याउनु पर्ने माग छ । ‘सकिन्छ भने मापदण्ड पुरा गरेर चलाऊ हैन भने कसैको ज्यानसँग खेलबाड गर्न पाइँदैन, पैसा कमाउने लोभमा अकालमा २ जनाको ज्यान जानु सानो कुरा होइनु,’आक्रोशित परिवारले भन्नुभयो ।  

‘नाम मात्रै को सेफ्टी गार्ड थियो, स्विमिङ पुल सञ्चालन भए सम्म तालिम प्राप्त गार्ड र प्राविधिक हुनु पर्छ त्यस्तो केही पनि होटेलले राखेको छैन,२० दिन अगाडि पनि होटेलमा सोही प्रकृतिको घटना घटेको थियो ,तर होटेलले घटना हुँदा पनि अझै सम्म सुधार गरेको छैन,’मृतकका मामा पङ्कज उदासले भन्नुभयो। 

मृतक तुलाधर परिवारको एक मात्र छोरा थिए । उनी ३ दिनअघि मात्रै स्विमिङ सिक्नका लागि मेम्बर सीप लिएका थिए । प्रशिक्षण दिन नसक्ने होटेलले मेम्बर सीप लिएर विना प्रशिक्षक स्वाीमिङ पुल चलाइरहेको थियो । समयमा उद्धार नभएकोले भान्जा गुमाउनु परेको उदासले बताउनुभयो। 

मृतकको शव हाल भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटेल सञ्चालक र प्रहरीबिच छलफल जारी छ । 

सिद्धार्थनगर  नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले २० वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने भनी सम्झौता गरेको छ । सम्झौतामा बाल उद्यान भनिए पनि सम्झौता विपरीत करोडौँको संरचना बनाएर बाल उद्यानको साटो होटेल सञ्चालन गरिएको छ ।  

यता पौवा होटेलका प्रबन्धक विष्णु भण्डारीले घटना हुँदा ३ जना सेफटी गार्ड रहेको बताउनुभयो । एक जना सानो स्विमिङमा र २ जना ठुलो स्विमिङ पुलमा थिए,उनीहरूलाई हामीले नै तालिम दिएर राखेका छौ,’भण्डारीले भन्नुभयो । 

होटेलका सञ्चालक तथा कम्पनीका अध्यक्ष हरि थापाले अब मापदण्डमा आएर मात्रै स्वाीमिङ पुल सञ्चालन गर्ने बताउनुभयो । ‘जब मापदण्ड पुरा हुन्छ अनि मात्रै चलाउँछौ होइन भने चलाउँदैनौ,घटना घटेकोमा हामी पनि दुखी छौ,’उहाँले भन्नुभयो । 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : १३ बजे