डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध  भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । 

वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुई तर्फी अवरुद्ध बनेको थियो  । 

पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुई तर्फी रूपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ४० बजे