सुनको मूल्यमा नयाँ कीर्तिमान

मंकीपक्सको आशंकामा निगरानीमा राखिएको युवकलाई कुष्ठरोग भएको पुष्टि

काठमाडौँ । मंकीपक्सको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा राखिएएका युवकलाई मंकीपक्स नभएको पुष्टि भएको छ । दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको हो । 

मंकीपक्सको आंशकामा अस्पतालमा राखिएका ती युवकलाई कुष्टरोगको लक्षण देखिएको अस्पतालले जानकारी दिएको छ । 

बिहिबार दुबईबाट काठमाडौँ आएका युवकमा मंकीपक्स भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ११ बजे