डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ? : उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीका पत्र लेखेको बारेमा आफू जानकार नभएको बताउनुभएको छ ।  

भूकम्पको समयमा विपद् व्यवस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताउनुभए लगत्तै शुक्रवार संसद्को अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन उपाध्यक्ष पोखरेलले सो पत्र लेखिएको बारेमा त्यो बेला आफूलाई जानकार नभएको बताउनुभएको हो ।  

‘निकै ठुलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय एसपीपी निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो, खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो,’ पोखरेलले बैठकमा प्रश्न गर्नुभयो, ‘एसपीपीबारे सेनाले त्यो बेला सरकारलाई कहिले सोधनी भयो ? त्यस बेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिले सकारात्मक जवाफ सेनालाई पठाउने चाहिँ ? यसबारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’

आफूलाई विवादमा तान्ने प्रयास भएकोतर्फ सङ्केत गर्दै त्यसको पृष्ठभूमिका बारेमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने उहाँले बताउनुभयो ।  

उपाध्यक्ष पोखरेलले पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनु पर्नेमा पनि जोड गर्नुभएको छ ।  ‘एसपीपी कसको पालामा अगाडि बढाइएको थियो भन्ने भन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थता बाहिर ल्याउनुपर्छ,’ उहाँको माग छ ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ५० बजे