डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रतिनिधिसभा बैठक बस्दै, तीन वटा विधेयक प्रस्तुत हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ। बैठक दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्नेछन् । उहाँले  ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ कार्यसूची रहेको छ ।

त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, गृहमन्त्री खाणले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बिमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने सम्भावित कार्यसूची छ। 

प्रतिनिधिसभाको बिहीबारको  बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक पारित गरेको थियो ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ३९ बजे