डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमालेद्धारा अर्थमन्त्रीको राजीनामा माग, संसदमा विरोध निरन्तर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिनुभएको छ ।  

बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने बताउनुभयो  ।

एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक चलाइरहनु भएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ११ बजे