डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

हामीले चुनावमात्र लडेनौं, अधिनायकवादसँग लड्यौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनावमात्र लडेर एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताउनुभएको छ ।  

काठमाडौंमा बिहीबार आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले एमालेले चुनावमात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको बताउनुभएको हो । 

‘हामीले चुनावमात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नु पर्‍यो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘उनीहरुसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’ 

सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको अध्यक्ष ओलीको भनाई छ । 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : १९ बजे